निर्वाचन भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन् ।राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा बोल्दै उनले निष्पक्ष सूचना सम्प्रेषणबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्याउनुपर्ने बताए ।
राष्ट्रपति भण्डारीले जिम्मेवार पत्रकारिताले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रुपमा साकार तुल्याउने पनि बताइन् ।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गरे । उनले सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा मात्रै नभई सम्वद्र्धन गर्दै लैजाने प्रतिवद्धता पनि जनाए ।