भेरी नगरपालिको मेयरको उम्मेदवारमा गगन खड्काको चर्चा आखिर को हुन् खड्का ?
जाजरकोट, बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि जाजरकोट भेरी नगरपालिकाबाट माओबादी केन्द्रबाट मेयरका उम्मेदवार गगन बहादुर खड्का (जीवन )चर्चामा छन । पाटी भित्र पाका र पुराना नेताको छबि बनाएका नेता खड्का यतिबेला जिल्लाको सदरमुकाम समेत रहेको भेरी नगरपालिकाको मेयरमा चुनावी मैनादमा छन । नेकपा माओवादी केन्द्रबाट गखड्का र उप मेयरमा नेपाली काँग्रेसबाट सिता गौतम चुनावी मैदानमा होमीएका छन ।
नगर भित्र रहेको गरिवी र भष्ट्राचार अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको उनीहरु बताउँछन् । स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धनका तर्फ बाट भेरी नगरपालिकाका साझे उम्मेदवार घोषणा कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । नगरभित्र रहेको गरिवी र भष्ट्राचार अन्त्यका आफुहरु चुनावी मैदानमा रहेको उनीहरुले प्रतिवद्धता समेत व्यक्त गरे । जनताले भोट दिएर जिताएमा पाँच बर्ष भित्र नगरको मुहान फेरिने मेयरका उम्मेदवार खड्काले दावी गरे ।
को हुन् खड्का
गगन खड्का (जीवन) भेरी नगरपालिका–१ रिम्नाका स्थायी बासिन्दा हुन् । उनले २०४१ सालमा तत्कालिन नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को इकाई कमिटी अध्यक्ष भएर सक्रिय राजनीति सुरु गरेका थिए । तत्कालिन बमकाण्डपछि सम्पर्क बिच्छेद भएको राजनीतिलाई खड्काले २०४७ सालको मंसिरमा दण्डपानी न्यौपानेबाट पार्टी सदस्यता प्राप्त गरेर जोडेका थिए ।
संयुक्त जनमोर्चाको माध्यामबाट तत्कालिन नेकपा ९माओवादी० ले संचालन गरेको ग्रामीण वर्गसंघर्षका विभिन्न कारवाहीमा सहभागी भएका खड्का जनयुद्धको तयारीमा सक्रिय रुपमा सहभागी भएका थिए । खड्का जाजरकोट जिल्लाबाट जनयुद्ध थालनीका पहलकर्तामा पर्दछन् ।
जनयुद्ध थालनीको वेला जनसुरक्षा दलको कमाण्डर भएका खड्का पार्टीको एरिया कमिटी सदस्य हुदै जिल्ला कमिटी सदस्य भएर एरिया ईन्चार्जको जिम्मेवारी समालेका थिए । कमाण्ड इन्चार्जको जिम्मेवारी समाल्दै आएका खड्का २०५७ सालमा जिल्ला कमिटीको सेक्रेटरी भएका थिए ।
२०५८ सालमा क्षेत्रीय व्युरो सदस्य भएर जिल्ला इन्चार्जको जिम्मेवारी समालेका खड्का २०५९ सालमा भेरी कर्णाली क्षेत्रीय व्युरो अन्तरर्गत नमुना जिल्ला इन्चार्जको जिम्मेवारी समाल्नुको साथै तत्कालिन नेकपा (माओवादी)को आधार इलाका निर्माणमा महत्वपूर्ण भुमिका पुरा गरेका थिए । २०६४ सालमा बाँके जिल्लाको सह–इन्चार्जको जिम्मेवारी समालेका खड्काले निरन्तर रुपमा जिल्लाको नेतृत्व समाल्दै आएका थिए ।
नेकपा (माओवादी) पार्टी विभाजन हुदाँ बैद्य माओवादी हुदै विप्लवको नेतृत्वमा बनेको नेकपामा पुगेका खड्काले २०७४ सालमा ३६ जिल्लाका पार्टी कार्यकर्ताको काठमाडौंमा भेलागरी नेकपा (माओवादी) गठनगरी त्यसको संयोजक बनेका थिए । विप्लव नेकपाबाट आक्रमणमा परेका खड्काले २०७४ सालको भाद्रमा नेकपा ९माओवादी केन्द्र० संग पार्टी एकता गरेका थिए ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकीकरण भएर बनेको नेकपाको कर्णाली प्रदेश कमिटी सदस्य खड्का हाल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्जको जिम्मेवारी समाली रहेका छन् । लामो समयसम्म पार्टी सांगठनिक अनुभव हासिल गरिसकेका खड्का विचार, सिद्धान्त र कार्ययोजनाका हिसावले परिपक्क नेतामा पर्दछन् ।
आधार इलाकामा रहेर लामो समयसम्म पार्टी काम गरेको अनुभवलाई आगामी दिनमा सत्ता संचालनको प्रक्रियामा प्रयोग गर्ने बताउदै खड्का अहिले चुनावी मैदानमा छन् । बास्तविक सामाजवादी मोडेलको सत्ता संचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरिरहेका छन् । -हाम्रोपहुँचबाट