बैजनाथ गाउँपालिका अध्यक्षमा थापाको स्वतन्त्र उम्मेदवारी
प्रकासित मिति : २०७९ बैशाख २०, मंगलवार १३:३२
प्रकासित समय : १३:३२
कोहलपुर, बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष पदमा तेज बिक्रम थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदको लागी थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थापाले समृद्ध गाउँपालिकाको परिकल्पनाका साथ अध्यक्ष पदमा उमेदवारी दिएको बताएका छन् । उनले आफ्नो चुनाव चिन्ह पानीको धारा रहेको बताउदेँ सबै मिलेर समृद्ध गाउँपालिकाको सपनालाई साकार पार्नको लागी आफुलाई मतदान गर्न अनुरोध समेत गरेका छन् ।