युवा नेता शाही कुमाख गाउँपालिका अध्यक्षको लागी सिपारिस
काठमाडौं, नेकपा माओबादी केन्द्रका युवा नेता गणेश शाही सल्यानको कुमाख गाउँपालिका अध्यक्षमा सिपारिस भएका छन् ।
नेकपा माओवादीले सन्चालन गरेको दशबर्षे जनयुद्धको क्रममा विद्यार्थी सङ्गठन जस्तो महत्त्वपूर्ण मोर्चा मार्फत राजनितिक यात्रा सुरु गरेर योगदान गरेका शाही हाल वाइसीएलका प्रभावशाली केन्द्रिय नेता तथा नेकपा माओवादी केन्द्रका बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् ।
उनलाई माओवादी केन्द्रले गाँपालिका अध्यक्षमा उमेदवार बनाउनको लागी सिफारिस गरे संगैँ उनको चर्चा जिल्लामा चुलिदैँ गएको छ । नयाँ पुस्ताका युवाहरु माझ लोकप्रिय झबि बनाएका शाहीले कुमाख गाउँपालिका अध्यक्ष लड्ने चर्चा संगैँ सबैको ध्यान उनितिर केन्द्रित भएको छ ।
युवा नेता शाही संगैँ माओवादी केन्द्रबाट अध्यक्षको लागी माथिल्लो कमिटीमा सिपारिस हुनेमा हालका गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर गिरी, पार्टीका प्रदेश कमिटी सदस्यहरु चन्द्र बहादुर राना र तिलविर बुढाथोकी र पार्टीका पालिका उपाध्यक्ष डिल्लीराज जैसी रहेका छन ।
अध्यक्ष गिरीले कोरोना र संरचना निर्माणका कारण सोचेका धेरै काम बाँकी रहेकाले आफ्नो उम्मेद्वारी कायम भएको बताउदैँ आएकी छन । तर अहिलेको परिस्थितीमा नयाँ पुस्तालाई पनि अवसर दिनुपर्ने चौतर्फी दवाव संगैँ पार्टीमा बौद्धिक तथा युवाहरुमाझ लोकप्रिय छबि बनाएका शाहीले नै अध्यक्षको बलियो दाबेदार रहेकोले पार्टीले उनैलाई सिपारिस गर्ने आकलन गरिएको छ ।