विवेकशील साझाको काठमाडौँ महानगरपालिकाको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक

काठमाडौं, आसन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बास्कोटा र उपप्रमुखकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी प्रतिज्ञा पत्र आज सार्वजनिक गरिएको छ। ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा मेयर र उपमेयरका उम्मेदवार, पार्टी अध्यक्ष रवीन्द्र मिश्र, पछिल्लो निर्वाचनमा तत्कालीन साझा पार्टीको समर्थनमा  काठमाडौँमा मेयर र उपमेयरका उम्मेदवार रहेका किशोर थापा र निरूपमा यादवका साथै पार्टीका अन्य नेताहरूको उपस्थिति थियो।

यस्तो छ घोषणा पत्र