नेपालगन्जमा कारको ठक्करबाट तिन पैदलयात्रीको मृत्यु

नेपालगन्ज, बाँकेको नेपालगन्जमा उपमहानगरपालिका नजिक कारको ठक्करबाट बाटोमा हिडिरहेका तीन जना पैदलयात्रिको मृत्यु भएको छ ।

प्रदेश ३- ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक सोमबार राती पौने १२ बजे तिर वाटोमा हिडिरहेकक समयमा ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारले ठक्कर दिएलगत्तै घाइते भएका तिनै जनालाई चालकले त्यही कारमा राखेर नजिकैको नर्सिङहोममा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । कार र चालकलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ ।