आइतबार सार्वजनिक बिदा
प्रकासित मिति : २०७८ चैत्र २६, शनिबार १३:५५
प्रकासित समय : १३:५५
काठमाडौं, नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।