नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने

काठमाडौं, एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो। एडीबीले २०२३ मा ५ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान गरेको हो।

सन् २०२२ (चालू आर्थिक वर्ष) कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत रहनेछ । रोपाइँका बेला पर्याप्त वर्षा भए पनि धान थन्क्याउने बेला भएको वर्षाले क्षति पुऱ्याउँदा धान उत्पादन ९ प्रतिशतले घटेको छ । उद्योग क्षेत्र ४.१ प्रतिशतले बढ्नेछ भने सेवा क्षेत्र ५.२ प्रतिशतले बढ्ने प्रक्षेपण छ।