युरोपेली संसदकी अध्यक्ष युक्रेन जाँदै

एजेन्सी, युरोपेली संसदकी अध्यक्ष रोबर्टा मेटसोला युक्रेन जाने भएकी छिन् । उनले ट्वीटरमा यसबारे जानकारी दिएकी छिन्
उनले बिहिबार ट्वीटरमा भनिन्, ‘म किभ जाने बाटोमा छु ।’युरोपेली संसदका अधिकारीका अनुसार मेटासोलको यात्रा र युक्रेनमा उनको कोसँग भेट हुन्छ भन्ने कुराको सुरक्षाका कारण जानकारी दिइएको छैन ।

यसअघि अध्यक्षले युरोपेली संसदमा युक्रेन उम्मेद्वार देश बन्ने आकांक्षालाई समर्थन गर्न युरोपेली संसदका लागि महत्वपूर्ण भएको बताएका थिए ।