जन्मदिनको अवसरमा बालआश्रममा सहयोग
प्रकासित मिति : २०७८ चैत्र १७, बिहीबार २०:१४
प्रकासित समय : २०:१४
नेपालगन्ज, पछिल्लो समय जन्म दिनमा हुने फजुल खर्च जोगाएर समाज सेवामा खर्च गर्ने क्रम बढ्दै गएको छ ।त्यस्तै आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाथोकीले पनि नेपालगन्जमा रहेको एपोषन बाल आश्रमका बालबालिकालाई कापी, कलम र मिठाई बितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
आजकलको समयमा जन्मदिन मनाउनको लागि पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा गएर विभिन्न खानपिन गरेर फजुल खर्च गरिरहेको बताउदैँ उनले यसैलाई बदल्नको लागी परिवार विहीन बालबालिकालाई सहयोग गरेको बताए ।