मणिक लामा बम राकेको आरोपमा पक्राउ
काठमाडौं, विप्लव नेतृत्वको नेकपाका पुर्व नेता मणिक लामा बम राखेको आरोपमा पक्राउ परेका छन् । एमालेको विद्यार्थी सङ्गठन अखिलकी पुर्व अध्यक्ष तथा सांसद नबिना लामाका बुबा समेत रहेका लामालाई बम राखेको आरोपमा पक्राउ परेका छन् ।
मणिक लामालाई काठमाडौंको मनोहरा खोला नजिकै प्रेसर कुकर बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
एमसीसीको विरोधका क्रममा उनीसहितको टोलीले बम राखेको खुलेपछि पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए ।
उनीमाथि महानगरीय प्रहरी बृत्त बानेश्वरले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत विष्फोटक पदार्थसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । जसअनुसार सोमबार थुनछेक बहस भएको बताइएको छ ।
लामा केही समय पहिले सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टी निकट तामसालिङ जनसरकार प्रमुख थिए । हाल केही समय देखी उक्त पार्टीबाट अलग रहेर उनले छुट्टै पार्टी गठन गरेको बुझिएको छ ।