होली खेल्दा घरको छतबाट खसेर किशोरी घाइते
प्रकासित मिति : २०७८ चैत्र ३, बिहीबार २१:४४
प्रकासित समय : २१:४४
काठमाडौँ, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोकस्थित भोटेचौर घर भएकी १८ वर्षीया विनिता चौलागाईं घाइते भएकी हुन् ।

file photo
११ कक्षामा अध्ययनरत किशोरी बौद्धमा डेरामा बस्थिन् । दक्षिणढोकास्थित आफन्तको एकतले घरको छतमा होली खेल्दा उनी लडेकी हुन् । उनको अहिले मित्रपार्क स्थित दीर्घायु अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दाजुसँग डेरामा बस्ने उनि विहान आफन्तकहाँ होली खेल्न गएकी हुन् ।