विप्लवका युवाहरुले गरे कोहलपुरमा मार्चपास
बाँके, अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गरिएको विरोधमा कोहलपुरमा मार्चपास गरिएको छ । विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपाल बाँकेले सरकारद्धारा एमसिसी परियोजना अनुमोदन गरिएको बिरोधमा शनिबार कोहलपुरमा मार्चपास गरेको हो ।
कोहलपुर बिधुतरोड देखी सुरु भएको मार्चपास सहितको र्याली साझाचोक, न्युरोड, बसपार्क हुँदै चौराहमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रमम सहभागी युवाहरुले राष्ट्रघाती एमसिसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, संसदीय व्यावस्था मुर्दावाद, बैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ती जिन्दावाद, एमसिसीका दलालहरु होसियार लगायतका नाराहरु लगाएका थिए ।
उक्त कोणसभालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपालका केन्द्रिय सचिव तिलक योगीले संसदबाट अनुमोदन गरिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिए ।
एमसिसी सम्झौताले देशमा अनेक किसिमका समस्या उत्पन्न बनाउने कुरा निश्चित भएको बताउदैँ नेपालका संसदबादीहरुले इतिहास काल देखी गरेका राष्ट्रघात र जनघातका बिरुद्ध विद्रोह गर्न देशभक्त युवाहरुलाई आव्हान समेत गरेका छन् ।
उक्त विरोध सभालाई नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला सेक्रेटरी तेज बहादुर खड्का ‘अनिल’ ले समेत सम्बोधन गरेका थिए । भने कार्यक्रमको सन्चालन युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाथोकीले गरेका थिए ।










