सत्तारुढ गठबन्धनको आयु धेरै दिन छैन : नेता आचार्य

जाजरकोट, नेकपा एमालेका केन्द्रिय सदस्य निरज आचार्यले सत्तारुढ गठबन्धनको आयु धेरै दिन नभएको बताएका छन । वर्तमान समयमा चलिरहेको पाँच दलिय गठबन्धन सत्ता स्वार्थ र अबसरको निम्ति बनेको भन्दै कतिबेला भत्कीने यसको ठेगान नभएको बताएका हुन ।

बारेकोट गाउँपालिकामा आयोजित नेकपा एमालेको कार्यक्रममा नेता आचार्यले यो देश र जनताको हितको पक्षमा भन्दा पनि कक्स्को पद र सत्ता जोगाउन सकिन्छ भनेर बनेको सरकार भएकाले जनपक्षीय काम नगर्ने बताए । कार्यक्रममा बोल्दै नेता आचार्यले देश र जनता कम्युनिस्ट यक्ताका निम्ति हिजो आफुले पाएको टिकट पनि अर्कोलाई दान गरेको हुँ तर हिजो जे लक्ष्य र उद्देशका साथ एउटा संकल्प गरेर कम्युनिस्ट एकता तथा यसको रक्षाका लागि त्याग गरिएको थियो त्यो भन्दा बिपरित भएको देख्दा अत्यन्त पिडा बोध हुने गरेको बताए ।

नेता आचार्यले प्रचण्ड अबेगमा आएर देश जनतालाई धोका दिए र माधव,नेपाल प्रतिगामीहरुको सेबक भएर निस्किए यसले कम्युनिस्ट आन्दोलनमा ठुलो क्षति भएको उनले बताए । बारेकोटमा सम्पन्न उक्त कार्यक्रममा काङ्ग्रेस र माओवादी केन्द्र बाट गरेर सय जना बढीले एमाले प्रवेश गरेका थिए । उनिहरुलाई केन्द्रिय सदस्यहरु भैरब सुन्दर श्रेष्ठ , निरज आचार्य डम्बर सिंह र चन्द्र प्रकाश घर्ती र राजन थापाले स्वागत गरेका थिए ।