कोहलपुरमा पन्चे बाजा र र्याली सहित नारी दिवस मनाइयो

बाँके, १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोहलपुरमा पनि वृहत् र्‍याली पर्दशन गरि मनाएको छ। र्‍याली कोहलपुर साझा चोक देखी लिएर चौराह सम्म पुगेर न्युरोड पुगि कोणसभामा परिणत भएको हो।कोहलपुर जेसिज र जुनियर जेसिजले कोहलपुर नगरपालिका अन्तरगर्तको महिला विकास तथा जेष्ठ नागरिक शाखा संग समन्वय गरी कार्यक्रम गरेको र उक्त कार्यक्रममा विभिन्न विद्यालय, गैर सहकारी सस्था, सुरक्षाकर्मी, समाजसेवी लगाएतका व्यक्तिहरू र्‍यालीमा समायोजित भएका थिए ।

उक्त कोणसभालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाकी उप-मेयर सन्जु कुमारी चौधरीले हरेक कुरामा महिलाको पहुँच हुन आवस्यक भएको बताइन् । हरेक क्षेत्रमा महिलाले गुणस्तर शिक्षा, स्वास्थ नपाएको कारण पछि हट्नु परेको उनले बताइन।

साथै उनले अबको दिनमा हरेक क्षेत्र सघंसस्थामा महिलाको उपस्थित र अग्रसर भुमिका हुनुपर्ने उपमेयर चौधरीले बताइन् ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथी भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।