सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान
बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले दस बर्षे जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवार तथा घाईते योद्धाहरुलाई सम्मान गरेको ।
जनयुद्धको २७ औँ बार्षिक उत्सवको अवसरमा शनिबार कोहलपुरमा सहिद सफ्ताहको अन्तिम दिनमा आयोजित एक कार्यक्रममा जनयुद्धका सहिद तथा वेपत्ता योद्धाका परिवार र घाईतेहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका कोहलपुर नगर समिती इन्चार्ज कृष्ण बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ को बिशेष उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा पार्टीका बाँके जिल्ला सेक्रेटरी तेज बहादुर खडका ‘अनिल’, विशेष समिती सदस्य सितल, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य सीता शाही ‘पुर्णिमा’ लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रममा करिब ३५ जना सहिद तथा वेपत्ता योद्धाका परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रम सन्चालन पार्टीका बैजनाथ पालिका इन्चार्ज राकेश दाहालले गर्नुभएको थियो ।
नेकपाले सहिद सप्ताहको अवसरमा बाँकेको खजुरा, राप्तिसोनारीको बैजापुर, फत्तेपुर लगायतका स्थानमा यसअघि पनि सहिद तथा वेपत्ता योद्धाका परिवार र घाईते योद्धाहरुलाई सम्मान तथा भेटघाट गर्दै आएको छ ।







