कोहलपुरमा अर्यान गिफ्ट हाउस सन्चालन
प्रकासित मिति : २०७८ फाल्गुन २०, शुक्रबार १८:५७
प्रकासित समय : १८:५७
कोहलपुर, बाँकेको कोहलपुरमा बिहिवार अर्यान गिफ्ट हाउस संन्चालनमा आएको छ। स्थानिय युवा सन्नी बृज्वशीले पाँच लाखको लगानीमा उक्त गिफ्ट हाउस सुरुवात सन्चालनमा ल्याएका हुन । पछिल्लो समयमा कोहलपुरमा गिफ्टहरुको माग अत्याधिक बढेकोले पसल सन्चालन गरेको उनले बताए ।बिहिवार संचालनमा ल्याइएको गिफ्ट हाउसको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका वडा न.५ युवा समाजसेवी अजिज मलिकले गरेका हुन् ।
पसलको उद्घाटन गर्दै मलिकले युवाहरुले यसरी नै आत्मस्वावलम्बी बन्दै जादा खुशी ब्यक्त गर्नुभएको छ । सानो लगानीबाट सुरुवात गरिएको पसल भबिष्यमा अझै राम्रो हुने विश्वास समेत उहाँले व्याक्त गर्नुभयो ।
पसलको उद्घाटनको एक महिना सम्म ग्राहक लाई २५ प्रतिशत छुटको समेत ब्यवस्था गरिएको पसलको संचालक सन्नी बृज्वशीले बताए ।