छोरीले गरे आमाको काजकिरिया

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन छोरीले आफ्नी आमाको काजकिरिया गरिरहेका छन् ।

छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत हिन्दू धार्मिक मान्यतालाई चुनौती दिंदै सुन्दरहरैंचा-४, बाँसबारीका दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल)ले आफ्नी दिवंगत आमाको सामूहिक क्रियामा बसेका छन् ।

आमालाई दागबत्ती दिने दीपा र सुनिता अविवाहित हुन् भने सपना विवाहित हुन् । ५५ वर्षीया आमा मनमाया ढकाल खतिवडाको निधनपछि दुई दिदीबहिनीले काजकिरिया गरिरहेको दीपाले बताइन् ।

आमा सबैको भएकाले छोरीलाई काजकिरियाबाट बञ्चित गर्ने संस्कारलाई आफूहरुले नमान्ने दीपाले बताइन् ।