एमसिसी विरुद्ध वाइसीएल र अखिल क्रान्तिकारीको संयुक्त प्रदर्शन
नेपालगन्ज, एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ नेकपा माओवादी केन्द्र निकटको वाइसीएल र अखिल (क्रान्तिकारी) ले बाँकेमा प्रदर्शन गरेका छन् । अहिले नेपालको संसदबाट पास गर्ने भनिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसलाई संसदबाट अनुमोदन गर्न नहुने भन्दैँ बिहिवार नेपालगन्जमा बिरोध प्रदर्शन गरेका हुन् ।नेपालगन्जको सेतुबिक चोकबाट सुरु भएको र्याली न्युरोड हुदैँ पुष्पलाल चोकमा गएर प्रदर्शन सहित कोणसभामा परिणत भएको थियो ।
एमसिसी सम्झौता विरुद्ध भएको उक्त कोणसभालाई सम्वोधन गर्दै योङ्ग कम्युनिस्ट लिग (वाइसीयल) बाँकेका इन्चार्ज किष्मत अलि शेष ‘जित’ले संसदमा टेवल गरिएको एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ यसको खारेजि हुनुपर्ने बताए । ‘नेपालको संसदबाट अनुमोदन गर्नका लागी पेस गरिएको एमसिसी सम्झौता राष्ट्रघाती छ । यसलाई अनमुदोन नगरी पुर्ण रुपमा खारेज गरिनुपर्छ ।’
साथै उनले नेपालका हिजो देखीनै राष्ट्रघाती सम्झौता गर्ने कांग्रेस-एमालेहरु नै एमसिसी सम्झौता पास गर्नुपर्छ भनेर टुप्पि कसेर लागेको आरोप लगाए । उनले एमसिसी सम्झौता नेपालको संसदबाट अनुमोदन गर्न सहयोग गर्ने जोसुकैले आधिवेहेरीको सामना गर्नुपर्ने चेतावनी समेत दिएका छन् ।
कोणसभालाई अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुरेन्द्र जंग शाह लगायतमा नेताहरुले सम्बोधन गरेका थिए ।