कोहलपुरमा ड्युटीमा रहेका प्रहरीमाथि ट्रक पल्टिदा महिला प्रहरीको मृत्यु
कोहलपुर, बाँके कोहलपुरको चौराहामा ट्रक दुर्घटना हुँदा एक महिला प्रहरी जवानको मृत्यु भएको छ । आइतबार राति १० बजेको समयमा तिव्र गतीको ट्रक अनियन्त्रित भएर चौराहमा दुर्घटना भएको हो ।
ट्रक चौराहाको पश्चिम क्षेत्रमा ड्युटीमा खटिएकी एक महिला प्रहरी जवानमाथि नै परेको थियो । उनीलाई पल्टिएको ना ३ ख ६४३६ नम्बरको ट्रकले सडक छेउमा रहेकी प्रहरी जवानमाथि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
पूर्वबाट नेपालगन्ज जाँदै गरेको तीव्र गतीको ट्रक सुरुमा दक्षिणमा रहेको डिभाइडरमा ठोक्किएको थियो । डिभाइडरमा ठोक्किएको ट्रक पश्चिमको सडक छेउमा रहेकी प्रहरी जवानमाथि आएर पल्टिएकोथियो ।
मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका -७ घर भई हाल ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत ३६ बर्षिय प्रहरी जवान कविता बुढाक्षेत्री रहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक बबई गाउँपालिका– ६ दाङका लोकराज केसी रहेको प्रहरीले जनाएको छ । उनले मदिरा सेवन गरेर तिव्र गतिमा सवारी हाकेरका कारण दुर्घटना दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ट्रक पल्टिँदा दुर्घटना स्थलमा राखिएका दुई वटा स्कुटीमा पनि पुर्ण रुपमा क्षेति पुगेको पनि प्रहरीले जनाएको छ । सवारी चालक र ट्रक हाल इलाई प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा छन् ।