सार्बभौमसत्ता सम्पन्न भनिने संसद प्रती जनताको विश्वास छैन् : दिपक चलाउने
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले सार्बभौमसत्ता सम्पन्न भनिएको संसद प्रति जनताको विश्वास नभएको बताएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसिसी खारेजीको माग गर्दैँ विप्लव नेतृत्वको नेकपा सहितका ६ राजनितीक दल र २ मोर्चाद्धारा आईतबार नेपालगन्जमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता चलाउनेले संसद प्रति जनताको विश्वास नभएको बताएका हुन् ।
‘नेपालको सार्बभौमसत्ता सम्पन्न संसद भनिन्छ त्यसप्रती जनताको विश्वास छैन । हामीले देखेका छौँ । यही संसदले हो महाकाली सन्धी पारित गरेको, यही संसदले हो गण्डक र कोशी सम्झौता पास गरेको, यही संसदले हो देशका विभिन्न नदिलाहरु बेचेको, यो संसद प्रति जनताको विश्वास छैन ।’, उनले भने ।
अब फेरी १२ गते सुचारु हुने संसदले जनताको पक्षमा फैसला गर्छ वा अमेरिकाको पक्षमा फैसला गर्छ भन्ने कुराको केही ज्ञारेन्टी नभएको बताउदैँ यसको बिरुद्ध सबै स्वाभिमानी नेपालीले निरन्तर संघर्ष गर्नु पर्ने उनले बताए ।
केही दिन र केही महिनाको लडाइँ लडेरै भएपनी एसिसीलाई खारेज गरेर देशको स्वाभिमान बचाउनुपर्ने बताउँदै उनले यदी यो नसकेर एमसिसी संसदबाट पास भएको खण्डमा भारतिय जनताले इष्ट इण्डिया कम्पनी बिरुद्ध बर्षौ सम्म लडाई लडेझै नेपाली जनताले लड्नुपर्ने बताए ।