एमसिसी सम्झौताको बिरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ
नेपालगन्ज, अमेरिकी सहयोग परियोजना (एमसिसी) खारेजीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरिएको छ । संसदबाट पास गर्न लागिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ राजनिती पार्टी र २ मोर्चाद्धारा आईतबार जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन सहित घेराउ गरेका हुन् ।
एमसिसी सम्झौता खारेजीको लागी काठमाडौं नयाँ बानेश्वरको संसद भवन सहित देशैभर ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउँ गर्ने कार्यक्रम अन्तर्गत बाँकेमा पनि संयुक्त प्रर्दशन सहित प्रशासन कार्यालय घेराउ गरिएको नेपाल कम्युनिस्ट पार्टीका नेपालगन्ज उपमहानगर इन्चार्ज डिबी शाहीले जानकारी दिए ।
कार्यक्रममा सहभागी हरुले एमसिसी हामीलाई चाँहिदैन्, देश बेच्न पाइदैन्, राष्ट्रघाती एसमिसी खारेज गर, एमसिसीका दलाहरु होसियार, संयुक्त मोर्चा जिन्दाबाद, अमेरीकी साम्राज्यवाद मुर्दाबाद, सम्पूर्ण देशभक्त एक होऔँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ लगायतका नारा लगायएर नाराबाजी समेत गरेका थिए ।
कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य दिपक चलाउने, नेकपा क्रान्तिकारी माओवादीका नेता अर्जुन शाही, राष्ट्रिय जनमोर्चाकी नेतृ मोमिना खातुन, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकी जिल्ला अध्यक्ष लक्ष्मी चौलागाई ‘प्रतिज्ञा’ नेकपा माओवादी समाजवादीका नेता सुकेलाल बर्मा लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सन्चालन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेका नेता कृष्ण बहादुर शाहीले गरेका थिए ।