प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा परेन एमसिसी
प्रकासित मिति : २०७८ फाल्गुन ३, मंगलवार २१:०७
प्रकासित समय : २१:०७
काठमाडौँ, बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समावेश गरिएको छैन। थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव बैठकको कार्यसूचीमा छ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ। आज मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसिसी अनुमोदन गर्नेबारे छलफल गरेको थियो। यसैबीच, बुधबार साढे ११ बजेका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।