अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचियो

संखुवासभा, संखुवासभाको मकालु गाउँपालिका(५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर(१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो ।   शनिबार दिउँसो निर्माण सामग्री बोकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए । 

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँची पछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए ।  ट्रकमा सवार चालक र सहचालक भने सकुलनै रहेको छन् ।  
अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा पुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए । तीनवटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए ।  दुईवटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजनास्थल गएका थिए । 

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनको भनाइ छ  । चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो । –न्युज कारखाना