जनयुद्ध दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन

बाँके, तत्लालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मरण गर्दै बाँकेका विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ ।फागुन १ गतेका दिन जनयुद्धको २७ बर्ष पुग्दैछ । त्यसैको पुर्व सन्ध्यामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्धारा बाँकेका विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको हो ।

जनयुद्ध दिवसको पूर्व सन्ध्यामा शनिवार साँझ नेपालगन्जको पुष्पलाल चोक र कोहलपरको चौराहा, राप्तीसोनारी गाउँपालिका र नरैनापुरमा दिप प्रज्वलन गरिएको नेकपाले जनाएको छ ।

दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा बाँके सेक्रेटरी तेज बहादुर खड्का ‘अनिल’ ले राजतन्त्र अन्त्य गर्न र सर्वहारा बर्गको मुक्तिका लागी विद्रोही माओवादीले १० वर्षे जनयुद्ध सुरु गरेको बताए ।

जनयुद्धको क्रममा १७००० मानिसहरूले ज्यान गुमाउनु परेको स्पमरण गर्दै उनले जनयुद्धका महान योद्धाले गर्दा आज नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएको बताए । साथै उनले जनयुद्ध दिवसका दिन महान योद्धाहरुलाई स्मरण गर्दै जिल्लामा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जानकारी दिए ।

तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट मुलुक परिवर्तनका लागि सुरु गरेको सशस्त्र युद्धको प्रत्येक बर्ष यसै समयमा स्मरण गर्ने गरिन्छ ।