माओवादी केन्द्रले विभिद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउदैँ

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले विभिद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने भएको छ ।नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीको आयोजनमा फागुन १ गते आइतबारका दिन बिभिध कार्यक्रमका साथ २७ औँ जनयुद्ध दिवस मनाउन लागेको हो ।२७ औँ एतिहासिक जनयुद्ध दिवसको अवसरमा बिहान ११ बजे उपमहानगर कमिटीको कार्यालयमा चियाँपान तथा शुभकामना आदानप्रदानको कार्यक्रम राखिएको छ ।

त्यस्तै दिउँसो १ बजे पार्टी कार्यालय देखी नारा जुलुस सहित त्रिभुवन चोकमा गएर समापन गर्ने कार्यक्रम रहेको नेकपा माओबादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिए ।