माओवादी केन्द्रले विभिद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउदैँ
प्रकासित मिति : २०७८ माघ २९, शनिबार १७:३९
प्रकासित समय : १७:३९
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले विभिद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने भएको छ ।नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीको आयोजनमा फागुन १ गते आइतबारका दिन बिभिध कार्यक्रमका साथ २७ औँ जनयुद्ध दिवस मनाउन लागेको हो ।
२७ औँ एतिहासिक जनयुद्ध दिवसको अवसरमा बिहान ११ बजे उपमहानगर कमिटीको कार्यालयमा चियाँपान तथा शुभकामना आदानप्रदानको कार्यक्रम राखिएको छ ।
त्यस्तै दिउँसो १ बजे पार्टी कार्यालय देखी नारा जुलुस सहित त्रिभुवन चोकमा गएर समापन गर्ने कार्यक्रम रहेको नेकपा माओबादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिए ।