नेपालगञ्जमा एक युवा मृत भेटिए

नेपालगञ्ज, नेपालगञ्जमा एक जना युवा मृत फेला परेका छन् ।नेपालगञ्जको वडा नं. १२ मा एक जना भारतीय नागरिक
मंगलवार मृत अवस्थामा भेटिका हुन् ।

भारतको बहराइच घर भई हाल लामो समयदेखि नेपालगन्ज वडा नं.१७ बस्दै आएका अन्दाजी ३० बर्षीय प्रेम पासी नयाँ बस्तीको दक्षिण तर्फको नाला नजिक मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव भेरी अस्पतालको शवगृहमा राखिएको छ ।