जनप्रतिनिधि नै लागुऔषध सेवनकर्ता भएपछी…
प्रकासित मिति : २०७८ माघ ३, सोमबार २०:२४
प्रकासित समय : २०:२४
काठमाडौं, बाँकेमा लागुु औषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा जनप्रतिनिधि सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
डिएसपी खनालका अनुसार वडाध्यक्ष थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु रहेका छन् ।
प्रारम्भिक अनुसन्धानमा वडाअध्यक्ष सहित चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ ।
ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेकाले ठ्याक्कै कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।