वहकिएको मन र एक अनुभुती

कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन् । भने कतिले जीवनलाई मोजमस्तीको रुपमा लिएका छन् । हो, वास्तवमा भन्ने हो भने जीवन भनेको आ-आफ्नो तरिकाले कसरी जीवनयापन गर्नेमा भर पर्छ । कसैको जीवन सुखमय हुन्छ भने कसैको जीवन सङ्घर्षमय हुन्छ । तर हरेक समस्यासँग पौठेजोरी गर्दै अगाडी बढ्नु नै जिन्दगी हो ।

मलाई लाग्छ जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो । जसरी फुल फुलीरहँदा त्यसको बाँसना मिठो हुन्छ । त्यस्तैगरी जीवनको पनि त्यतिकै महत्व हुन्छ । जसरी कुनै फुल फुलिरहदा फुलको सुवास आउनुका साथै पातहरु पनि हरियो देखिन्छ । भनिन्छ नि हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात । मानिसको जीवन पनि त्यस्तै हो । हुने बिरुवाको चिल्लो पात र नहुने बिरुवाको फुस्रो पात भनेता पनी जीवन कस्तो बनाउने उसको घर परिवार र स्वयं व्यक्तिमा भरपर्ने कुरा हो । 

जीवन परिवर्तन गर्दै गर्दा अनेक चुनौतीहरू आइलाग्छन् ।त्यसमा हारेर बस्नेको जिन्दगी फुस्रो पातझै हुन्छ । किनकी उसले चुनौतीहरुसंग लड्न सिक्न चाहन्न भने झरेर बिलाएर जाने हो । जसले चुनौतीलाई सजिलै पार गर्न अभिभावकबाट सिक्दै अगाडी बढ्छ, ऊ हुने विरुवाको चिल्लो पात झै हुन्छ ।जसलाई हावा, हुरी, असिना पानी जस्ता महामारीले हल्लाउन सक्दैन । जीवन परिवर्तन गर्न चाहने भए परिश्रम गर्न आवश्यक छ । उनीहरु सानै देखी नै मिहिनेती, लगनशीलताका साथ अघि बढेका हुन्छन् । उनीहरुले एक दिन सफलता अवस्य पनि प्राप्त गर्दछन् । जीवन भनेको दु:ख सुखको एउटा यात्रा हो । जसरी फुल फुली रहेको बेलामा फूललाई हावा हुरीले हल्लाउने गर्दछ र कुनै समयमा त्यो फुल हावाकै कारणले पनि झर्न सक्छ । जीवन पनि त्यस्तै हो । एकदिन मर्नैपर्छ एकदिन सबैले संसार छोड्नैपर्छ । चाहे छिटो होस् या ढिलो । जब मानिस यो धर्तीमा जन्मिन्छ तब देखी जीवनको यात्रा शुरु हुन्छ । जसरी आमाले आफ्नो छोराछोरीका लागी लाखौ समस्या झेल्दै हुर्काएकी हुन्छिन । त्यसरीनै मानिसले पनि आफ्नो जीवनमा लाखौ समस्याहरु झेल्दै जीवन यापन गरिरहेको हुन्छ । मानिसले जीवन पनि विभिन्न तरिकाले जिईरहेका हुन्छन् । कसैको जीवन सुखमय हुन्छ भने कसैको दु:खमय हुन्छ ।

कति मानिसहरुले रातदिन पसिना बगाएर पनि बिहान बेलुका छाक टार्नलाई समस्या हुन्छ भने कसैले कुनै दुख नगरी पनि जीवन यापन गरिरहेका हुन्छन् । वास्तविक यो हो कि जसले जसरी जीवनयापन गरिरहेको हुन्छ । जीवनमा जो कसैले पनि सपना देखेको हुन्छ । यो गर्ने, यो बन्ने जस्ता सपनाहरु देखेका हुन्छन् तर कतिको सपना पुरा हुन्छ भने कतिको सपना अधुरो नै रहन्छ । भनिन्छ, सपना नदेख्ने मानिसले कुनै लक्ष्य चुम्न सक्दैन तर पनि कतिले देख्दादेख्दै पनि पुरा गर्न सक्दैनन् । जीवनमा यस्ता कति कुराहरु हुन्छन् । जुन गर्न चाँहादा चाँहादै पनि पुरा गर्न सकिरहेको हुदैन । मानिसको जीवनमा अनेकौं खालका समस्याहरु देखा परिरहेको हुन्छन् । कतिले जीवन मृत्यु सँग लडिरहेका हुन्छन् । कतिले चाहेर पनि यो संसार देख्न पाइरहेका छैनन् भने कतिले सबै कुराबाट पूर्ण भएपनी जिउने ठाउँ पाइरहेका हुदैनन् ।

बहकिएको मन र मेरा वास्तविक जीवनका केही अनुभुतिहरु :

मैले भोगेको मैले टारेका ती दिनहरु जब म आफूले कमाउँदा अरूलाई हेर्ने दृष्टिकोण एकदमै सकारात्मक थियो । कसैको दुःख पिडा हेर्न नसक्ने मैले आज सहानुभूतिका दिनहरू बिताइरहेको छु । सोचिन् कि, कहिले कसैको अगाडी हात थाप्न नपरोस्  । सोच्थे ! सधैँ अरूको सेवा गर्न पाऊँ । सकेजति अरूलाई सेवा गर्दै केही वर्ष अगाडी धकेल्दै अगाडी बढिरहेका बखत कसैको कालो नजर लाग्यो । सोच्थे नराम्रो नहुँदा पनी हुन पुगे ! सेवा गर्दै गर्दा के गल्ती गरे होला ? सोच्थे नराम्रो चाहनेले त राम्रो कुरामा पनी खोट देख्ने रहिछन् । मानिस भएर कमीकमजोरी सबैमा हुन्छ तर कसैको जीवन नै बर्बाद बनाइदिने कमजोरी कसैमा नहोस् । सोच्छु ! दुस्मन बन्न चाहे जे गर्दा पनी मान्छे खुट्टा तान्न नछाड्दो रहेछन् । राम्रो गर्दागर्दै पनी धेरै कुराहरु सामना गर्नु परेको त्यो समयले गर्दा आज म धेरै नै परिवर्तन भए । मनको कुरा कसैलाई नभनी म परिवर्तन हुन चाहन्छु भन्दा मेरो साथीहरु मन दुखाउँथे मैले बुझाउन नचाहेर  होला सायद म खुदको तारिफ कसरी गर्न सक्थे । जसले समाज, परिवार र आफन्तबाट खोसिदियो जीवन जिउने कला परिवर्तन गर्न लगाइदियो । बहकिएको मन लिएर आमाको सामु रुन्थे । आमाले सम्झाउनु हुन्थ्यो- सहन सिक एकदिन तेरो पनि पालो आउँछ दुस्मन सबैको हुन्छ, त राम्रो मान्छे बन् ! भन्नु हुन्थ्यो । परिवार कमजोरका कारण मैले भोगेका ती पलहरु सम्झँदा मलाई यहाँ होइन अर्को दुनियाँमा रमाउन मन लाग्छ । आमाको आँखाको आँशु पुछ्नु छ । मलाई यस्तो के भयो भनि म एउटा हातमा भातको गास अनी अर्को हातले आँशु पुछ्दै गर्दा मेरो लगायत मेरी आमाको आँशुले ती दुस्मनलाई सरापेको पक्कै थियो होला । 

बहकिएको मन लिएर म बिरानो सहर पस्ने परिवर्तनको बहानामा म धेरे नै परिवर्तन भए । मेरो बाल्यकाल फुटबलमा बित्यो । जो जर्सी लगाएर म हिँड्थे आज त्यही जर्सी फेरी पनि लगाउन पाए । आज म परिवर्तनको खोलामा डुबुल्की मार्दै छु । कसैले नसोच्दिनु कि यो बिग्रिसकी म त्यही छोरी हुँ जो चुहिने छानोको मुनि बाल्यकाल बिताए । हरेक आउने जन्मदिनमा मैले कसैलाई नराम्रो लागेको बानी हटाउथेँ तर यो पटक मैले कपाल छोटो बनाए । किनकी मलाई अरूको लागी परिवर्तन हुनु छैन, मलाई जे सहज र राम्रो लाग्छ म त्यही गर्छु । कसैलाई दुखाएर नै मान्छे सफल बन्ने रहेछ । म अरूको लागी आफू किन परिवर्तन हुने भन्ने पक्षमा उभिएर आफूलाई अडिक राख्न बाध्य भए कमीकमजोरी नहुँदा त आरोप लगायर गलत साबित गरिदिने समाजमा आफूलाई अरूको लागी परिवर्तन गर्नुको कुनै औचित्य थिएन् र मैले आफू परिवर्तन हुनबाट रोके । म परिपक्व हुँदा त अफल भएन भने कसैलाई चित्त बुझ्ने भए साथ रहलान् नत्र यक्लो जिन्दगी बिताउने पक्षमा उभिएर अगाडी बढ्दै छु । म आफुलाई माया गर्दा मलाई मतलबी उपनाम दिएका थुप्रै उदाहरण मसँग छन् । किनकी, मतलबी हुनु बाध्यता थियो । जसले जती नै आस्था राखेपनी सबैलाई चाहिने भनेकै परिवार हो ।

परिवारको साथ भए कसैलाई केही भन्न सकिँदैन, किनकी माया नपाउन्जेल मात्र हो पाए पछी जो पनि लात्ती ठोक्छ । माया गर्नेले कमीकमजोरी लुकाउने हो । माया नै गर्न मन नभए कमीकमजोरी देखाइदिने हो । कसैको बानी अघाउने जस्तै भए अघाइन्छ टन्नै । जिवनका भोगाइमा कती समस्यासँग सामना गरेको छु । त्यो कसैलाई थाहा छैन यती थाहा छ कती खुशी छे, मोटाको छे, घुमेको छे । अनि के नघुमी मर्नु त ? खुशी नभए के रुँदै बसु त ? नमोटाई सुकेर मर्नु त ? मेरो पनि आफ्नो जिन्दगी छ । म जस्तै हजारौं लाखौंको जिन्दगी छ, जसको आफ्नै महत्व छ । कोही कसैका लागी जिउने होइन आफू आफ्नो लागि जसरी हुन्छ त्यसरी जिउने हो । जिन्दगी आफ्नो हो आफूलाई अधिकार हुन्छ कसरी जिउने कसरी हिँड्ने भन्ने कुराहरु । बाटोमा हिँड्दै गर्दा काँडा भएको तिर कोहीपनी जाँदैन सायद । चुनौतीहरु सँग जुध्नु पर्छ ठक्कर खानु पर्छ तर अरूलाई टक्कर दिनु हुँदैन कसैले लिन चाहन्छ भने ठिकै छ ।

जब मान्छेलाई दुःख पर्छ तब उसलाई आफन्त, साथीभाई र परिवारको साथ, सहयोग, सल्लाह र हौसलाको आशा हुन्छ, मलाई पनी त्यस्तै भएको थियो । जहाँ म एक्लो महशुस गर्दा कसैलाई म एक्लो छु, मन दुख्दा दुख्यो भन्न समेत पाएन् । म ठूलो भुकम्पबाट बचे तर कसैले सोधेनन् कहाँ दुख्यो भनी, के चाहन्छेस् भनि । मलाई पर्दा म एक्लो भएको खबर पाएर नै होला कालले पनी ढोका दियो । समस्या पर्दा समेत हर्दिएनन् एक्लो भए । सबैको साथ छुट्यो कसैलाई समयले छुटाइदियो त कसैलाई दुस्मनले । यो मेरो जिवनको सबैभन्दा ठूलो चुनौती थियो । लागथ्यो ! सायद म सकिए मेरो कोही भएन । तर अब लाग्छ त्यही आफन्तको बेवास्ताका कारण म बलियो हुन सके बलियो भए । आज ती नैं आफन्तका बारेमा यो शब्द लेख्न सक्ने भए मलाई लाग्छ म संसारको भाग्यशाली व्यक्ति हुँ । गर्व गर्ने छन् । म हुनुमा र मेरो हुनुमा गर्व गर्ने छन् । आशा छ ठूलो भन्दा असल व्यक्ति बन्ने छु । गुमेको विश्वास फिर्ता लिनेछु, समयलाई आफ्नो खल्तीमा पार्ने छु । बदलिने छु, आफूलाई माया गर्ने छु, मतलबी हुनेछु, खुशी हुनेछु, असल हुनेछु । 

जब मलाई एक्लो महशुस भएर आत्मबल कमजोर भएर म ढले, तब दुनियाँलाई लागेछ नसासम्बन्धी रोगको सिकार भई त्यो ! मेरा दुस्मनहरुलाई लाग्यो होला – मरे हुने । अनी आफ्नालाई लाग्यो होला- रुन पार्छे क्यारे । तर मलाई डिप्रेशन बढ्यो । किनकी आफ्नो स्वाभिमानमा अडिक रहँदै गर्दा कसैले गिराइदिएको कुराले मलाई धेरै दु:खेको थियो । कसैले गला रेटेको भए पनी सहन्थे । म हस्पिटलको बेडमा ढल्दा मेरो फोटो फेसबुकको वालमा पोष्ट हुँदा ‘गेट व्वाइल सोन’ भन्नेको ताँती देख्दा पनि खुशी लाग्थ्यो । किनकी मलाई तनावमा हुँदा कसैको साथको जरूरत थियो । पुरै टुटेको थिए भित्रबाट तर कसैको साथ थिएन् । लाग्थ्यो अब एक्लो भए मेरो साथ कोही छैन् । र एक्लो महशुस भएर नै मेरो हातखुट्टा बन्द भइदिन्थ्यो । एक्लो महशुस गर्न नदिने भनि मेरो साथमा रहेकाले नै मलाई झन भित्रबाट नै टुट्ने मौका दिए । म रातभरी रोएर  बिहान उठी पढ्न जाने झोला बोक्थे । टुट्दा कसैको साथको जरुरी हुँदा त्यो साथ नपाएर आज म आफैमा गर्वका साथ भन्न चाहन्छु, धन्यवाद ! त्यो समयको लागी, मेरो लागी सकेजती सहयोग गर्ने सम्पूर्णलाई ।

निष्कर्ष :

बेडमा ढलेको बिरामी बिरामी नै नभएर अरु पनी हुन सक्छ । बेडमा रहरले ढलेको हुँदैन मान्छे । कसैले कसैको मनोवृत्ती बुझिदिने भए कतिली सहज हुन्थ्यो जिन्दगी ! जिन्दगी हो, चुनौतीहरू आउँछन् जान्छन् । आज एक दिन खराब बित्दैमा पुरै जिन्दगी नै खराब नबित्न सक्छ । आज जो संग हुँदा खराब बित्यो त्यो जिन्दगी अरुसँग राम्रो बित्न सक्छ । अरूको मनोभावनालाई बुझ्ने कोशिश गरौं । मान्छे चेतनशील प्राणी हो भन्ने कहिले पनि नबिर्सौं । आजको दिन खराब होला, गरीब होला भोली कसलाई के थाहा छ । को मर्ने को बाँच्ने, को धनी को गरीब, सडकको पेटीमा भेटिने बच्चा भोलिको वैज्ञानिक पनि बन्न सक्छ । आज चिया बेच्ने भोलीको लागी ठूलो मान्छे पनि बन्न सक्छ । भारतका प्रधानमन्त्री मोदीलाई हेर्नुस ! उहाँ कति प्रभावकारी नेता हुनुहुन्छ । उहाँको विगतलाई हेरेर कसैले खिल्ली उडाएको थियो होला । चिया बेच्ने व्यापारी अहिले ठूलो नेता बने जसमा पूरा भारत फिदा छ । आजको नराम्रो भोली राम्रो बन्न सक्छ भन्ने आश मात्र राखेको हुँ । कसलाई के आवश्यक छ त्यो बुझ्नु पर्छ ।हामी सबै भिखारी हौं । हामी सबैले केही न केही चिजको पछी भोकै नांगै भागिरहेका हुन्छौ । यती नबिर्सनु कि हामी ठूलो मान्छे बन्नु छ । हामी भिखारी हौं भनी । जिवन्त रहुन्जेल कसैको मनोवृत्ती बुझ्ने नै महांन हुन्छ, असल हुन्छ । अरूको कुभलो चाहनेको भोली उसकै कुभलो नहोला भन्न सकिँदैन । मसँग जोडिएका कतओ मान्छे त्यस्तै देख्छु अरूको तारिफ गर्नबाट डराउने । यो एउटा रोग हो गलतलाई पनि सही अर्थ लगाई हामीले तारिफ गर्न सक्छौ । सबैको आफ्नो जिन्दगी हुन्छ आफ्नो तरिकाले जिउन चाहन्छु भने उसको जिवनको हक सिर्फ उसलाई मात्र हुन्छ । सहयोगको नाममा उसको पुरै समय खेर फाल्ने अधिकार पनि तपाईंमा छैन । उत्तिकै आधिकार उसलाई पनि हुन्छ । आफ्नो जिन्दगी कसरी जिउने कला उसले सिकेको हुन्छ ।

जन्मदा फुस्रो भएको पात ठूलो हुँदा चिल्लो भएको उदाहरण कहीं कतै मात्र भेटिन्छन् । जन्मदा चिल्लो भएको पातमा रोग पनि लाग्न सक्छ । कसलाई के थाहा जिन्दगी कहाँनिर गएर टुङ्गिन्छ । त्यसैले सबैले सबैको सम्मान गर्न सिक्नु जरुरी छ । सबैले सबैको विचारको, व्यक्तित्वको सम्मान गर्न सिक्नु नै जिवन सार्थक मानिन्छ । कसैलाई खेल खेल्न रुची होला खेल्न दिनुहोस ।कसैलाई नेता बन्न रहर होला बन्न दिनुस । कसैलाई सिपाही बन्न रहर भए बन्न दिनुहोस । तपाईंले अफिसर मात्र बन् भन्न सुहाउँदैन किनकी सबको भाग्य कर्म र देन एउटै हुँदैन । आफ्नो इच्छाले मानिस जिउन सिक्नु पर्छ । गलतलाई गलत हो भन्न सक्ने तपाईंमा आँट भने पक्कै हुनुपर्छ र गलत भनेर के का लागी गलत गर्यो त्यो बुझेर सही पथ निर्धारण गर्दिन तपाईंमा भर पर्छ ।