डुडुवा खोलामा नदिजन्य पदार्थको दिनदहाडै तस्करी

कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ८ शितल छाया सामुदायिक वन भित्र पर्ने डुडुवा खोलामा अवैधरुपमा नदिजन्य पदार्थको दोहन भइरहेको छ ।पछिल्लो समय स्थानिय डुडुवा खोला लगायतका विभिन्न साना तथा ठुला नदिहरुमा दिनदहाडै अनुमती विनै विभिन्न व्यक्तिहरुको मिलेमतो मै अवैधानिक रुपमा नदिजन्य पदार्थको तस्करी भइरहेको छ ।

केही साता देखी वातावरणिय प्रभाव मुल्यांकन(इआइए) नगरी खोलबाट नदिजन्य पदार्थको मनोमानी उत्खनन भइरहेको गुनासो स्थानिय जनताबाट आएपश्चात विप्लव नेकपाको युवा सङ्गठन नेपाल बाँकेले गरेको छड्के अनुगमनको क्रममा आईतबार अवैध रुपमा बालुवा उत्खनन गरेर भाग्दै गरेको अवस्थामा भे १ त ६६९७ को ट्रयाक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो ।

ईलाका प्रहरी कार्यालय अन्तर्गतको हवल्दारपुरबाट गएको प्रहरी टोलिले वालुवा सहितको उक्त ट्रयाक्टरलाई आफ्नो नियन्त्रणमा लिएको प्रमुख चिन्कु चौधरीले जानकारी दिए ।

खोलामा मनोमानी रुपमा नदिजन्य पदार्थ उत्खननको गुनासो पश्चात् गरिएको अनुगमनको क्रममा चोरी गरेर जाँदै गरेको ट्रायाक्टरलाई आफुहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको युवा संगठन नेपाल, बाँकेका सचिब प्रकाश शर्माले जानकारी दिए । साथै उनले बिभिन्न खाले तस्करी र दलाली विरुद्ध आफ्नो संगठन निरन्तर संघर्षंमा रहेको बताए ।