भेरी नगरपालिकाका प्रशासकीय अधिकृतसहित १४ जना जुवाखालबाट पक्राउ
प्रकासित मिति : २०७८ पुस २०, मंगलवार ०८:५०
प्रकासित समय : ०८:५०
नेपालगञ्ज, जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित एक घरमा जुवा खेलिरहेका थिए ।
उनीहरूको साथबाट २ लाख ५२ हजार १२० रुपैयाँ नगद पनि बरामद गरिएको डीएसपी थापाले जानकारी दिए । प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाको नाम सार्वजनिक भने गरेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।