यातायात कार्यालयबाट एकैसाथ १६ जना पक्राउ

काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरीले १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई ‘छिटो काम गर्दिन्छौं’ भनेर अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका घर भएका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटा घर भएका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुंगाका वीरेन्द्र कटुवाल र तनहुँ घर भएका सुशान्त राजभण्डारी छन् ।

त्यस्तै मकवानपुर घर भएका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका बिशाल मेचे, ओखलढुंगाका विवेक न्यौपाने, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका छन् । आरोपीहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।