विद्यार्थीको मस्तिष्कलाई भर्मितगर्न गरिएको कुप्रचार हो : एकराज शर्मा

पछिल्लो समय मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको बागेश्वरी बहुमुखी क्याम्पसले स्नातक तहमा नयाँ भर्नाको लागि आवेदन फारम खुलेको छ । यसै सन्दर्भमा समसामयिक बिषयलाई लिएर क्याम्पसका उपप्राध्यापक तथा पाठ्यक्रम बिभाग प्रमुख एकराज शर्मा संग कुसे न्युजका प्रतिनिधि संग गरिएको कुराकानीको एक अंश..!

१. सर्वप्रथम कुशेन्युज डटकममा यहाँलाई स्वागत छ ! यहाँले बागेश्वरी क्याम्पसमा प्राध्यापन गर्न लागेको कति वर्ष भयो ?

 धन्यावाद यस कुशे डटकम परिवालाई । मैले बागेश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन गर्न लागेको विगत २०६८ साल देखि हो । अर्काे कुरा त्यस क्याम्पसमा मैले स्नातक तहको अध्ययन गर्ने अवसर समेत पाएको थिए ।

२. यहाँले बागेश्वरी क्याम्पसको केहि पृष्ठभूमि वताई दिनु हुन्छ कि ?

यहाँको कुरालाई शिरोधार्य गर्दै बागेश्वरी बहुमुखी क्याम्पसको ईतिहासलाई संक्षिप्त रुपमा वताउन चाहन्छु कि साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशको प्रवेशद्धारको रुपमा रहेको विकासोन्मुख सहरका रुपमा विकसित सुन्दरनगरी कोहलपुरको मुटुमा रहेको नेपाल सरकारको शत प्रतिशत लगानीमा स्थापित मध्यपश्चिम विशवविद्यालयको आंगिक क्याम्पसका रुपमा स्थापित बागेश्वरी बहुमुखी क्याम्पसको स्थापना वि.स. २०४८ सालमा भएको हो । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा अत्याधिक विद्यार्थी सङ्ख्याको चापलाई मध्येनजर गर्दै सह–प्राध्यापक श्री वेदनिधि शर्माको अगुवाईमा नेपालगञ्जको सदरलाईन स्थित सरस्वती कन्या माध्यमिक विद्यालयमा यसको विधिवत स्थापना भएको हो । यस कार्यमा चोलराज शर्मा, शशाड्ढ शेखर चटर्जी, फत्ते बहादुर सिह, डा. विश्वनाथ प्रसाद कुर्मी, हरीप्रसाद शर्मा, राम सनेही वर्मा, सुधा शर्मा, नारायण प्रसाद शर्मा गैरे, विजय शाह, गोपाल प्रसाद रिमाल जस्ता शैक्षिक हस्तीबाट यो संस्थाको उदय भएको थियो । कोहलपुर नगरीमा उच्च शिक्षा अध्ययनका लागि कुनै पनि शिक्षण संस्था नभएको तत्कालीन समय वि.स.२०४९ मा यस क्याम्पसलाई नेपालगञ्ज बाट कोहलपुरमा स्थापना गर्ने क्रममा तत्कालीन जि.वि.स.सभापति ओम प्रकाशजंश राणा, तत्कालीन कोहलपुर गा.वि.स. अध्यक्ष लुट बहादुर रावत, हरिप्रसाद रावत, नारायण प्रसाद सिग्देल, ज्ञानेन्द्र गिरी, बलराम शर्मा, डा. अरुण कोईराला, कर्ण बहादुर थापा, नरेन्द्र शर्मा पौडेल, होमप्रकाश सुवेदी जस्ता समाजसेवी एवम् राजनीतिज्ञ एवम् शिक्षा प्रेमीहरुको पहलमा कोहलपुरमा ल्याइृएको थियो । पछि यसलाई भानुभक्त भट्टराई, नरेन्द्र न्यौपाने, अबराज खड्का लायतका व्यक्तिहरुबाट यसको स्तर उन्नोति समेत गरियो । नेपालगञ्जबाट कोहलपुरमा ल्याउँदा यो क्याम्पस त्रिभूवन माध्यमिक विद्यालयमा सञ्चालन भएको गरिएको थियो । त्यसबेला ओमजंश राणा, वेदनिधि शर्मा, थानेश्वर कोईराला, लुट बहादुर रावत, डा.अरुण कोइराला, हरिप्रसाद रावत, ईश्वरी प्रसाद पौडेल, कर्ण बहादुर थापा, नारायण प्रसाद सिग्देल, बलराम यादव, ज्ञानेन्द्र गिरी, जस्ता व्यक्तिहरु विकास समितिमा रहेर यस क्याम्पसलाई योगदान गरेको इतिहास छ । उक्त समयमा कोहलपुर नगर विकास समितिले एक लाख रुपैया आर्थिक सहयोग गरी क्याम्पसको पुस्तकालय स्थापना गरिएको थियो भने बत्तिस हजार रुपैयाको पाठ्यपुस्तक नगरविकास समितिले प्रदान गरेको थियो । तत्कालीन समयमा त्रिभूवन मा.वि.बाट यस संस्थालाई छुट्टै स्थापना गर्नका लागि नगर विकास समितिबाट ००–०३–१२ जग्गा उपलब्ध गराई हाल क्याम्पस रहेको स्थानमा सार्नेकाम गरिएको थियो । यस क्याम्पसको भौतिक पूर्वाधार निर्माण गर्नका लागि आर्थिक स्रोत जुटाउन तत्कालीन स्थानिय नेतृत्व लगायत समाजसेवी बाट पहल कदमी भएको थियो । कोहलपुर गा.वि.स ले मालपोत बाट उठ्ने रकमको १% करबाट सुरुगरी तत्कालिन रझेना, बनकटवा, गनापुर, चिसापानी, शंमसेरगञ्ज, ढकेरी, नौवस्ता स्थानीय निकायबाट पनि क्रमश ः ४ र ३ जना रहेका थिए । वि.स. २०५५ सालमा स्नातक तहमा मानविकी सङ्कायको सम्बन्धन त्रि.वि.बाट प्राप्त गरेको थियो । त्यसवेला मानविकी संकायमा विद्यार्थीको चाप बढेको थियो । २०५० सालमा उच्च माध्यमिक शिक्षा परीषदबाट कक्षा ११ र १२ को स्वीकृति लिए पश्चात यस क्याम्पसमा विद्यार्थीहरुको सङ्ख्या निकै धेरै रहेको थियो । वि.स. २०६१ सालमा स्नातक तह (बी.एड.) शिक्षाशास्त्र सङ्कायको अनुमति लिए पश्चात उक्त संकायमा १२० जना, +२ तिर A देखि F सेक्सन सम्म विद्यार्थीको चाप थियो भने मानविकी संकायमा विद्यार्थी कम भईसकेका थिए । वि.स.२०६२ सालमा वी.वी.एस.को अनुमति प्राप्त गरेको थियो । वि.स. २०६६ सालमा एम.एड. मा ४ विषयमा अनुमति प्राप्त गर्दा समेत विद्यार्थीहरुको चाप १५००–१८०० सम्म रहेको थिए । मिति २०७१-०८-०५ मा मध्यपश्चिम विश्वविद्यालयको सिनेटको बैठकले तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाको चाहना अनुरुप यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय भएको थियो । उक्त कार्यलाई नेपालसरकार मन्त्रीपरिषद मिति २०७४÷०६÷०२ को बैठकले दरबन्दी स्वीकृत गरिसके पछि २०७५ चैत्र १५ गते विविवत रुपमा मध्यपश्चिम विश्वविद्यालयको अगिक क्याम्समा रुपान्तरण भएको हो ।

३. बागेश्वरी क्याम्पसमा कुन तहको कुन संकायमा के के विषयहरु पठनपाठन हुन्छ ?

हाल यस क्याम्पसले स्नातक तहमा शिक्षाशास्त्र संकाय बी.एड. तर्फ अंग्रेजी, नेपाली, स्वास्थ्य शिक्षा तथा जनसङ्ख्या विषयहरुको पठनपाठन हुन्छ । व्यवस्थापन सङकायमा सबै विषयहरु अनिवार्य हुन्छन्  भने मानवीकी सङ्काय बी.ए. तर्फ नेपाली, अंग्रजी, ग्रामिन विकास, समाजशास्त्र विषयहरुको पठनपाठन हुने गरेको छ । स्नातकोत्तर तर्फ शिक्षाशास्त्र सङ्काय एम.एड. (पाठ्यक्रम तथा मूल्याङ्कन, स्वास्थ्य शिक्षा, अंग्रेजी शिक्षा तथा नेपाली), मानवीकी सङकायमा ग्रामिन विकास आर.डी. र व्यवस्थापन संकायको पठनपाठन गराउँर्दै आएको छ ।

४. बागेश्वरी क्याम्पसमा पढ्ने जनशक्तिले के लोकसेवा आयोग, शिक्षक सेवा आयोग दिन नपाईने तथा यसको बाहिर मान्यता नभएको भन्ने प्रचार रहेको छ यस सम्बन्धि यहाँले के भन्नु हुन्छ के यो सत्य हो ?

हाँस्यासपद कुरा तर निकै जायज र समयामयिक कुराको उठान गर्नु भएको छ यो कुरालाई म यसरी स्पष्ट पार्न चाहन्छु । यो वास्तवमा आफना राम्रा पक्षहरु नभएर अरुका नराम्रा पक्षहरुलाई देखाउदै सोझासिधा अभिभावकको मस्तिष्कलाई परिवर्तनगर्न गरिएको प्रचार प्रसार हो । यसमा कुने सत्यता छैन । किनकी धेरै वर्ष भयो केहि व्यक्ति तथा शैक्षिक लगानी कर्ताबाट यस विश्वविद्यालय तथा क्याम्पस सम्बन्धि बाहिर विभिन्न खालका गलत प्रचार प्रसार भई रहेको सुनिएको छ । यस क्याम्पसमा अध्ययन गरेपछि लोक सेवा दिन नपाईने, मान्यता नहुने, पाठ्यपूस्तक पनि नभएको, राजनीति बढि हुने, परीक्षा मात्र भईरहने, लगायतका विविध खालका अर्नगल भ्रम फैलाउने काम भएकोले आम अभिभावक तथा विद्यार्थीहरु यस प्रति सचेत हुनु आवश्यकता छ । आम विद्यार्थी नेताहरु यस क्याम्पसको जनशक्ति भएकोले विद्यार्थी नेताहसंग यस सम्बन्धिका तर्कहरु शोधपुट गर्न पनि सकिने आधारहरु रहेको छ । शतप्रतिशत सरकारको लानीमा स्थापित विश्वविद्यालय तथा क्याम्पसमा पनि माथि उल्लेखित भ्रम हुने नहुने सवालमा आम अभिभावक सचेत हुने कुरामा हामी विश्वस्त छौं । कोहलपुरमा उच्च शिक्षाको शैक्षिक भरोहर समेत रहेको कुरा आम नागरिकमा यसबाट स्पष्ट पार्न सकिन्छ । यस क्याम्पसले उत्पादन गरेको विगतको जनशक्तिले देश विदेशका सरकारी तथा गैरसरकारी संघसंस्थाको उच्च ओहदामा काम गरिरहेको वर्तमान समयमा अझ शसक्त जनशक्ति उत्पादन गर्न नेपाल सरकार लागेको छ । यहि गलत भ्रमलाई चिरफार गर्न क्याम्स प्रमुख दान बहादुर हमाल सहित क्याम्पसको टिम कोहलपुर, राप्तीसोनारी, बैजनाथ लगायतका स्थानीय निकाएमा रहेका सबै जसो विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरुसंग भेटघाटलाई तिब्र बनाई रहनु भएको छ । यो काम विगतमा पनि निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले पनि सुरु गर्नु भएको थियोत्यो  यहाँलाई जानकारी नै छ ।

 ४. बागेश्वरी क्याम्पसको शुल्क के कति रहेको छ ?

 ४ वर्षे ८ औ सेमेष्टर सम्म विद्यार्थीहरुले न्युनतम त्रिचालिस हजार देखि चवालीस हजार रुपैया मात्रमा स्नातक तहको पठनपाठन सकिन्छ । यसका लागि निम्न शुल्क रहेको  छ :

सेमेष्टर

बी.एड.

बी.बी.एस.

बी.ए

प्रथम

६५२५

६७२५

६७२५

दोश्रो

५३५५  

५२५५

५२५५

तेश्रो

५३५५  

५२५५

५२५५

चौथो

५३५५  

५२५५

५२५५

पाँचौ

५३५५ 

५२५५ 

५२५५

छैटौं

५३५५  

५२५५

५२५५

सातौं

 ५३५५  

५२५५

५२५५

आठौं

५३५५  

५२५५

५२५५

जम्मा  

४४०१०

४३५१० 

४३५१०

५. बागेश्वरी क्याम्पसमा के कस्तो छात्रवृतिको व्यवस्था के कस्तो रहेको छ ? 

यो सेमेष्टर प्रणालीमा आधारित भएकोले यसको शुल्क यस प्रकार रहेको छ । विविध शीर्षकमा १२ प्रतिशत छात्रवृतिको व्यवस्था रहेको छ । जसमा जेहन्दार, अपाङ्गता, आर्थिक विपन्न, जनजाती आदिबासी, मधेशी-मुस्लिम, पिछडीएको क्षेत्र, थारु÷आदिबासी, द्धन्द पिडित लगायत विविध शीर्षकमा छात्रवति दिने व्यवस्था रहेको छ । तर जेहन्दार विद्यार्थीहरुको हकमा ईन्ट्रान्स परीक्षाको नतिजासंगै प्राप्त गर्न सक्ने व्यवस्था छ ।

६. बागेश्वरी क्याम्पसमा अरु क्याम्पस भन्दा फरक व्यवस्था के रहेको छ ? 

सेमेष्टर प्रणालीको व्यवस्था रहेको छ जसमा नियमित गृहकार्य, आन्तरिक परीक्षा, कक्षाकार्य, नियमित हाजिरी रेकर्ड, समय–समयको एकाई, मासिक एवम् आन्तरिक परीक्षाको कारण विद्यार्थीहरु अध्ययन कार्यमा व्यस्त रहने, खोज अनुसन्धान गर्ने, प्राध्यापक तथा विद्यार्थीहरु विच प्रत्येक दिन अन्र्तक्रिया हुने तथा विद्यार्थीहरुको नियमितता नै सेमेष्टर प्रणाली हो । प्राध्यापक संगसंगै र सधै सिक्ने सुनौलो मौका प्राप्त गर्ने, विद्यार्थीको नियमित रुपमा मूल्याङ्कन हुने वातावरणले गर्दा विद्यार्थीहरु अनुशासित र सधैं पढाईमा अहोरात्र रहने गर्दछन् । किनकी वार्षिक परीक्षामा जस्तो वर्ष  भरीको पढाई गरी वर्षको अन्तमा एकैपटक परीक्षाको बोझ बोक्ने वातावरण हुदैन । पाठ्यक्रममा क्रेडिट आवर उल्लेख गरिने भएकाले तोकिए अनुसारको क्रेडिट पूरागर्नु पर्ने अवस्था रहन्छ । सेमेष्टर प्रणालीमा ६ महिनाको एक शैक्षिक सत्र हुन्छ भने वार्षिक परीक्षामा १२ महिनाको हुन्छ । यस प्रणालीको सैद्धान्तिक अवधारणाको कुरागर्दा ६ महिनामा भर्ना, पढाई एवम् आन्तरिक, तथा बाह्य परीक्षाको परिणाम सम्मका कामहरु सकेर सातौं महिनामा अर्को सेमेष्टरको सुरुवात हुने काम हुन्छ । मध्यपश्चिम विश्वविद्यालयले आफ्नो पाठ्यक्रमको पठनपाठन सुरु गरे देखि नै सेमेष्टर प्रणालीको प्रयोग गरेको थियो । यस प्रणालीमा साधारण विषयहरुमा ४० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिन्छ भने ६० प्रतिशत छ भने प्राविधिक तर्फ ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य मूल्याङ्न गर्ने प्रावधान छ । जसबाट विद्यार्थीहरुमा सुधारात्मक, उपचारात्मक एवम् निदानात्मक मूल्याङ्कन प्रक्रियाहरु अवलम्बन गरी निर्णयात्मक मूल्याङ्कनमा महत्वपूर्ण फाइदा पुग्दछ ।

७. बागेश्वरी क्याम्पसमा सनातक तहको भर्ना अभियानको समय तालिका के कस्तो रहेको छ ? 

प्रवेश परीक्षा र भर्ना निश्चित समयमा हुन्छ  क्याम्पसमा विभिन्न संकायहरु स्नातकोत्तर तह (शिक्षा, व्यवस्थापन, मानविकी) मा विभिन्न विषयको भर्ना खुलेको छ । जस अन्र्तगत २०७८ साल पौष १६ गते सम्म ईन्ट्रान्स परीक्षाको फारम वितरण भई रहेको छ । पौष १७ गते दिउँसो १ बजे ईन्ट्रान्स परीक्षा हुदैछ  भने त्यसको नतिजा प्रकाशन पौष १९ गते हुने छ । पौष  २० गते देखि ३० गते सम्म भर्ना कार्यक्रम राखिएको छ । सेमेष्टर प्रणालीमा वर्षमा एकपटक नयाँ विद्यार्थीको भर्ना लिइन्छ ।

८. परीक्षा र मूल्याङ्कन प्रक्रियाहरु के कस्तारहेका छन्र ?

विद्यार्थीहरुको क्षमता परीक्षणका लागि निरन्तर मूल्याङ्कन प्रणालीको प्रावधान छ । मूल्याङ्कन आन्तरिक तथा सेमेष्टर अन्तिम सत्रान्त परीक्षाबाट गरिन्छ । यसका लागि प्रत्येक सैद्धान्तिक पाठ्यभारको आन्तरिक मूल्याङ्कनको भार साधारण विषयतर्फ ४० प्रतिशत र बाह्य परीक्षा ६० प्रतिशत भारको व्यवस्था छ । विद्यार्थीहरु आन्तरिक एवम् बाह्य दुबै परीक्षामा पास हुनुपर्दछ । यसको उत्तिर्णाङ्क ५० प्रतिशत राखिएको छ । आन्तरिक परीक्षा पाठ्यक्रम र विषयवस्तु अनुकूल तीन देखि पाँचपटक सम्म गर्नुपर्दछ । आन्तरिक मूल्याङ्कनको कुल भारलाई विभिन्न शीर्षकमा विभाजन गर्ने जस्तैः हाजीरी, कक्षाकार्य, उपसत्र लेखन, कक्षा प्रस्तुती, एकाई परीक्षा, प्रतिवेदन लेखन, परियोजना कार्य, गृहकार्य र प्रयोगात्मक कार्यगरी मूल्याङ्कन गरिन्छ ।

९. अन्तमा यहाँले अभिभावकहरु लाई के भन्न चाहनु हुन्छ ?

सबै प्रथम म यस मिडीयलाई अनर्टमन देखि धन्यावाद दिन चाहन्छु । जसले बागेश्वरी क्याम्पसको बारेमा सबै खुलस्त पार्ने काममा मलाई सहभागी गराउनु भयो । आजका अभिभावक २१ औं शताब्दिका अभिभावक हुनुहुन्छ । अनि आजका विद्यार्थीमा त्यो  खालको क्षमता पनि छ । मैले यो उ भन्नु भन्दा पनि एक पटक बागेश्वरी क्याम्पस भित्र आउने काम गर्नु होस त्यसपछि मात्र के र कस्तो हो बुझेर जान आग्रह गर्दछु । दोश्रो कुरा मैले मागि.थ नै धेरै उल्लख गरेको छु । तेश्रो कुरा बाहिरको भ्रममा नपर्नका लागि आग्रह गर्दे तपाईहरु जस्ता राज्यको चौथो अंगबाट यसको चिरफार गर्न आपश्यक ठान्दछु । पाँचौ कुरा यो नेपाल सरकारको शत प्रतिशत लगानीमा स्थापित विश्वविद्यालयको आंगिक क्याम्पस जसले धेरै वर्षृ अगाडी देखि नै उच्च शिक्षा प्रदान गर्दे आईरहेको छ । यसबाट उच्च शिक्षा हासिल गरेको जनशक्तिले देश विदशमा उच्च पदमा काम गरिरहेको प्रमाणित छ । त्यसकारण आम अभिभावक तथा विद्यार्थीहरु कसैको भ्रममा नपरी आफनो स्वः विवेकको प्रयोग गरी शिक्षा प्राप्त गर्न पछाडी नपरौं समय छैन हजोको जस्तो परीक्षा फर्म खुलेपछि सम्म भर्ना हुने व्यवस्थाको अन्त्य भएको छ समय गएपछि पछुताउने  काम नगरौं सचेत हुनुहोस भन्न चाहन्छु ।