प्याब्सन बाँकेको अध्यक्षमा कोहलपुरका रावत
  प्रकासित मिति : २०७८ पुस ४, आईतवार ०६:४२ 
प्रकासित समय : ०६:४२
                                    
															नेपालगन्ज, निजी तथा आवासिय विद्यालयहरुको सङ्गठन (प्याब्सन) बाँकेको अध्यक्षमा कोहलपुरका यम बहादुर रावत चयन भएका छन् ।

शनिबार नेपालगन्जमा सम्पन्न १५ औँ जिल्ला अधिवेशनबाट कोहलपुरको बागेश्वरी एकेडेमीमा सन्चालक समेत रहेका रावतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो ।
जसको बरिष्ठ उपाध्यक्ष मनोजकुमार गिरी, उपाध्यक्ष शरद रावल, सचिव रोशनकाजी श्रेष्ठ र कोषाध्यक्ष नारायण दत्तलाई चयन भएका छन् ।

