यसकारण नेकपा एमालेद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा नाराबाजीसहित बैठक गरेका हुन् ।

संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुँदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।