५ बर्षको १ पटक लाग्ने ढिमेको झादेव मेलाका यस्ता छन बिशेषता
खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने ढिमेको झादेब मेला यस बर्ष लाग्ने भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष लाग्ने भएको हो ।
मेला पुष १ गते देखि ५ गतेसम्म सञ्चालन हुने मेला आयोजक समितिका संयोजक लोकेन्द्र चन्दले जानकारी दिए । पहिले देखिनै झादेव मेला ५ बर्षमा एक पटक लगाउने परम्परा रहेको छ ।
मल्ल ठकुरीहरुको ऐतिहासीक परम्पारगत मेलासंग धार्मीक र बिरताको किबंदन्ती समेत जोडिएको पाइन्छ । धेरै समय पहिले ढिमेमा भोटे जातीले मान्दै आएको झादेव देवता र लगाउन थालेको मेला उसको बंश नासपछि मल्लहरुले पुज्न थालेको झादेवको पुजारी वीर बहादुर मल्लले बताए । ढिमेमा मल्ल जातीले पहिले भोटेसँग मित लगाई उसको बंश नास गरेपछि झादेव देवता पुज्ने र मेला लगाउने काम मल्लहरुले गरेको उनको भनाइ छ ।
उनले भने, ‘पहिले ढिमेमा भोटे जातीको बसोबास रहेको थियो रे, त्यति बेला रुकुम गोतामकोटमा मल्लहरुको बसोबास थियो । त्यहाँका मल्ल राजा रजम मल्ल सिकार खेल्न ढिमेको फुलचाउँली भन्ने ठाउँमा पुगेछन् र ढिमेलाई देखेर मनमोहक भएछन् पछि उनी ढिमे पुगेर भोटेको राजा लक्षुसँग मितेरी साइनो गाँसे छन र मीतको सल्लाह बमोजिम पुष पुर्णिमा लाग्ने मेलामा उपस्तिथित भएछन पछि भोटेहरुलाई मारेर मल्ल जाती यहाँ बसेको भनाइ रहेको छ ।’
भोटेको पालामा झादेव पुज्दा भान्जालाई बलिदिने परम्परा भएको र पछि मल्लहरुले भोटेको बंश नास गरेपछि झादेव मान्दा भान्जाको सट्टा साँढको बलि दिने परम्परा बासालेको बुढापाकाले आफुहरुलाई सुनाएको स्थानीय शिक्षक कृष्ण बहादुर मल्लले बताए ।
मल्लले भने, ‘एक जना निम्न बर्गको मान्छेलाई सबै गाउँलेले ५ बर्षसम्म मीठो मीठो खाने कुरा खान दिने अनि ५ बर्षपछि त्यो मानिस देवतालाई चढाउने परम्परा रहेछ । यो मेलामा ढाल र तरवार हातमा लिएर पौराणिक खाडो नाँच्ने अनि भान्जाको मुटु चढाउने ढिमे जाउला पग्ला खाउला चो भाइ चो भन्ने गीत गाउने अनि नाँचेर मनाउन चलन थियो ।
पछि त्यो भान्जालाई भोग दिने चलन मल्ल राजा (राजम) लाई मन परेनछ र त्यही अवसरमा मीत ज्यु हामीलाई ढाल तरवार दिनु हामी नाँच्छौ भनेर मागेछन र भोटेहरुले दिएपछि त्यही तरवारले सबै भोटेहरुको बंश नास गरेर मल्लहरुले आफ्नो शासन सुरु गरेपछि मल्लहरुलाई भान्जाको भोग दिने मन नपरे पछि साँढको भोग दिने चलन चलेको हो । त्यो दिन साँढको मुटु झिकेर बासको सुबोमा राखिन्छ मुटु नाच्ने काम गर्छ ।’
ऐतिहासिक झादेव मेला पुष पुर्णिामाको अवसरमा भोटेहरुको पाला देखि लाग्दै आएको र यसपटक झादेव मेला २०७८ साल पुष महिनाको २ गते देखि ५ गते सम्म संचालन हुँदैछ । यसमा विविध खेलकुद प्रतियोगिता अन्तर्गत खुल्ला पुरुष भलिवल, लोकदोहरी, गरुवा, सिंगारु, खाँडो र पैंसेरु लगायत प्रतियोगिता आयोजना गरिएको मेला आयोजक कमिटीले बताएको छ ।
भलिवल सहित पौराणिक नाँच प्रतियोगिता हुने
ऐतिहासिक झादेव मेला पुष पुर्णिामाको अवसरमा भोटेहरुको पाला देखि लाग्दै आएको र यसपटक झादेव मेला २०७८ साल पुष महिनाको २ गते देखि ५ गते सम्म संचालन हुँदैछ । यसमा विविध खेलकुद प्रतियोगिता अन्तर्गत खुल्ला पुरुष भलिवल, लोकदोहरी, गरुवा, सिंगारु, खाडो र पैंसेरु लगायत प्रतियोगिता आयोजना गरिएको मेला आयोजकले जनाएको छ ।
पैसेरी, सिंगारु लगायतका लोक परम्परागत संस्कृतिको समेत प्रस्तुत हुने बताइएको छ । मेलामा आयोजना हुने खेल भलिबलको पुरुस्कारको ब्यवस्था गरिएको छ । प्रथम पुरुस्कार रु ८५ हजार द्धितिय ४० हजार तितिय २० हजार रहेको बताइएको छ । त्यस्तै लोक दोहरी तर्फ प्रथम ३ हजार द्धितिय २ हजार तितिय १ हजार रहेको जनाइएको छ । बिभिन्न परम्परागत नाँचहरुलाई पनि उचित सम्मान सहितको सम्मान राशी रहेको आयोजकले जनाएको छ ।