बाँकेको डुढुवामा लुकाएर राखेको अबैद्य काठ बरामद
प्रकासित मिति : २०७८ मंसिर २४, शुक्रबार २१:२६
प्रकासित समय : २१:२६
बाँके, नेपालगञ्ज घरभित्र लुकाएर राखेको अबैद्य काठ बरामद गरिएको छ । बाँकेको डुढुवा गाउँपालिका २ जफरपुरुवामा लुकाएर राखेको काठ बरामद गरिएको हो ।
जफरपुरका कमाल खाँको घरमा लुकाएर राखेको करिब १ लाख बराबरको काठ डिभिजन बन कार्यालय बाँकेले बरामद गरेको बन कार्यालयका रेञ्जर नवराज शाहीले जानकारी दिए । ३१.७६ क्यु फिट सालको अबैद्य काठ बरामद गरिएको जनाइएको छ ।
गोप्य सुचनाका आधारमा घरभित्र लुकाइ छिपाई राखेको अवस्थामा खानतलासी गरी बरामद गरिएको रेञ्जर शाहीले बताए ।नेपाल प्रहरी , शसस्त्र प्रहरी, बन कार्यालयको समन्वयमा काठ बरामद भएको बताइएको छ ।