कुटनितिमा सफल सेजुवाल जसले बनाए गाउँपालिका नै लालकिल्ला
कालिकोट, आफ्नै प्रत्यासीलाई आफ्नै टिममा फर्काउन सिमित मान्छे सफल हुन्छन् । त्यस्तै पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल सफल ठहरीएका छन । सेजुवाल जसरी जनप्रतिनिधिको कार्य सम्पादनमा सफल देखिएका थिए राजनीतिमा जस्तै कुटनितिमा पनि सफल देखिएका छन ।
बिद्यार्थी राजनीतिबाट राजनीति सुरू गरेका अध्यक्ष सेजुवाल जनयुद्धका सफल र जुझारु युवा नेता हुन । प्रखर बक्ता समेत रहेका सेजुवाल सउ कुशल संगठकदेखि सफल जनप्रतिनिधि जनप्रतिनिधि हुन । कालिकोटका स्थानियि निकायहरुमा आफ्नो निकायलाई अब्बल सावित गरेका छन ।
नेपाली काँग्रेसबाट अध्यक्ष पदमा चुनाव लडेका नेपाली कांग्रेसबाट पचालझरना गाउपालिकामा अध्यक्षका लडेका भानुभक्त सन्ज्याललाई माओबादी केन्द्रमा प्रबेस गराएका छन ।
कांग्रेसबाट पालिका अध्यक्ष लडेका सन्ज्याल विहिवार माओबादी केन्द्रमा प्रबेस गरेका हुन् । त्यसका पहलकर्ता हुन पचालझरनाका अध्यक्ष खड्गराज सेजुवाल ।
नेपाली कांग्रेस परित्याग गरेका उनि सहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई निबर्तमान मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सह ईन्चार्ज महेन्द्र बहादुर शाहीले स्वागत गरे ।
संज्यालको नेतृच्वमा ४१ घर परिवार नेपाली काँग्रेस र २२ घर परियार जनमोर्चा पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रबेश गरेका हुन ।
संज्यालको नेतृच्वमा ४१ घर परिवार नेपाली काँग्रेस र २२ घर परियार जनमोर्चा पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रबेश गरेका हुन ।
लामो समय सरकारी जागिरको जिल्ला स्वास्थ कार्यालय कालिकोटमा काम गरेका संज्याल २०७४ सालको स्थानिय तहको निर्बाचनमा सरकारी जागिरबाट राजिनामा दिएर नेपाली काँग्रेसबाट पचालझरना गाउपालिकामा अध्यक्ष लडेका थिए । भर्खरै सम्पन्न नेपाली काँग्रेस कालिकोट जिल्ला कोषाध्यक्ष तथा महाधिबेशन प्रतिनिधि समेत रहेका संज्यालले सिंगो गाउनै माओबादी प्रबेश गराएका हुन ।
प्रबेश कार्यक्रममा बोल्दै सन्ज्यालले परिवर्तनको मुख्य हिस्समा माओबादी भएको भन्दै आफु निर्सत निस्वार्थ माओबादीमा प्रबेश गरेँ । काँग्रेस यथास्थीतीमा रहेको भन्दै माओबादीको एजेन्डामा समेत घुमीरहको उनको भनाई थियो ।