एमसीसी कुनै हालतमा पास गर्न दिँदैनौं : गजुरेल
प्रकासित मिति : २०७८ मंसिर २२, बुधबार १९:५५
प्रकासित समय : १९:५५
काठमाडौँ, नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन् ।
उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि उनको भनाइ थियो । उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसात गर्नुपर्ने बेला आएको बताए ।
नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएकोले यसलाई क्रान्तिमा बदल्नुपर्ने बताए । उनले एमसीसी अधिकांश नेपालीहरुले नचाहेकोले हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारे ।