राजेन्द्र लिङदेन अध्यक्ष हुँदा पूर्व युवराज्ञी हर्षित
प्रकासित मिति : २०७८ मंसिर १९, आईतवार १४:४२
प्रकासित समय : १४:४२
काठमाडौं, पूर्व युवराज्ञी हिमानी शाहले राप्रपाको अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएकी छन् ।
आज (आइतबार) सामाजिक सञ्जालमार्फत हिमानीले लिङ्देनलाई सच्चा राष्ट्रवादी नेता भन्दै बधाई र शुभकामना दिएकी हुन् ।
‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’, हिमानीले लेखेकी छन्, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ ।’ हिमानीले लिङदेनको विजयमा हर्ष प्रकट गरेकी छिन् ।