अध्यक्ष पदमा उम्मेद्वारी दिने भिम रावलको घोषणा
काठमाडौ, नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले देश, जनता र पार्टीको सामू भएका र आउनसक्ने चुनौतीहरुको सामना गर्न आफूले उम्मेद्वारीको घोषणा गरेको बताए ।
उपाध्यक्ष रावलले राजनीतिक जीवनको आरम्भदेखि आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको पनि बताए ।
उपाध्यक्ष रावलले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन पार्टीलाई एकतावद्ध, सुसंगठित र समयका चुनौतिहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन महत्वपूर्ण हुने पनि बताए । उनले पार्टी अध्यक्ष केपी ओलीले नेतृत्वमै बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोप समेत लगाए ।

