प्रचण्ड र विप्लव बिच भेटवार्ता
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।महासचिव विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा सकारात्मक छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा एकताका लागि पहल गरिरहेका माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महरासमेत सहभागी थिए । शनिबार बिहान महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।
छलफलका क्रममा नेकपाका तर्फबाट महासचिव विप्लव र माओवादी केन्द्रका तर्फबाट प्रचण्ड र प्रवक्ता कृष्णबहादुर महरा सहभागी थिए ।
माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकीकरणको चर्चा चलिरहेका बेलाको यो भेटलाई महत्वका साथ हेरिएको छ ।