माओबादी केन्द्र पचालझरना-४ को अध्यक्षमा सेजुवाल
कालिकोट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पचालझरना गाउँपालिका वडा नं.४ को अध्यक्षमा नर सेजुवाल निर्वाचित भएका छन् । शनिवार सम्पन्न सम्मेलनले सेजुवालको नेतृत्वमा २९ सदस्य वडा कमिटी निर्वाचित गरेको छ ।जसको उपाध्यक्षमा महांसंकर न्यौपाने, सचिव सर्जन बिक, सह-सचिप तारा सेजुवाल र रन बिक कोषाध्यक्षमा रन नेपाली चयन भएका छन् ।
सम्मेलनको प्रमुख अथिती नेकपा माओवादी केन्द्रकी युवा नेतृ अल्किना बम ‘बबिता’, अतिथीमा निर्वाचन समिति वडा संयोजक नवल राज योगी, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिती सदस्य ममराज सेजुवाल लगायत हुनुहुन्थ्यो ।निर्वाचित वडाध्यक्ष सहित अन्य पदाधिकारी र सदस्यहरुलाई प्रमुख अथिती र अथितिहरुले अवीर लगाएर बधाई दिएका थिए ।
माओवादी केन्द्रले पुसमा महाधिवेशन गर्ने कार्यतालिका अनुसार शनिवार देशभरका वडा सम्मेलन गरेको छ । सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन प्रक्रिया सुरु गरेको हो ।