पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज नभएसम्म संघर्ष निरन्तर बढ्छ : विप्लव

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गराउँदा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गरेको छ।

file photo

त्यस्तै, कार्यकर्ता पक्राउ गरी दमन गरेको भन्दै पार्टीले विरोध जनाएको छ।

त्यस्तै, मूल्य वृद्धि र महँगी जनताको हितविपरीत भएको कारण मूल्यवृद्धि खारेज नभएसम्म संघर्ष निरन्तर अगाडि बढ्ने महासचिव विप्लवले जनाएका छन्।

मंगलबार नेपाल बन्द गराउँदै हिँडेका दुई सय बढी कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

बन्दका क्रममा ललितपुर र धरानमा दुई ठाउँमा मात्रै सवारीसाधनमा तोडफोड भएको उनले बताए।

यस्तो छ विज्ञप्ति