कोहलपुरको चौराहमा विप्लव नेकपाको एक घण्टे चक्काजाम (हेर्नुहोस १६ तस्विरमा)
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी बाँकेले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घन्टा चक्काजाम गरेको छ ।बिहान १० बजेदेखि ११ बजेसम्म पश्चिम नेपालको मुख्य ढोकाको रुपमा रहेको बाँकेको कोहलपुर चौराहमा एक घन्टा चक्काजाम गरेको हो ।
शुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आउजाउ गर्ने साना तथा ठुला सवारी साधनरु कोहलपुर चौराहमा हडतालका कारण ठप्प रहेका थिए ।
जनताको ढाड सेक्ने गरि मनोमानी ढङ्गले बर्तमान सरकारद्धारा पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि खारेज गराउन आफूहरूले नेपाल बन्द सहितका कार्यक्रमको लागी आह्वान् गरेको नेकपाका बाँके जिल्ला सेक्रेटरी अनिल खड्काले जानकारी दिए ।
उनले महँगीको विरुद्ध आफूहरू निरन्तर सडक सङ्घर्ष रहेको र मुल्यवृद्धि फिर्ता नहुदा सम्म संघर्षमा रहने बताए । यो समस्या आम जनताको समस्या भएकाले यसमा सबैले साथ र सहयोग गर्नको लागि अपिल समेत गरेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको आन्दोलनको कार्यक्रममा प्रहरीले काठमाडौंमा हस्तक्षेप गरेको छ । सोही कार्यक्रम गर्न लाग्दा काठमाडौँका विभिन्न ठाउँबाट २७ जनालाई गिरफ्तार गरेको थियो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसिसी सम्झौता तथा पटकपटक गरेर पेट्रोलियम पदार्थमा सरकारले बढाएकाे मुल्यबृद्धि तथा महङ्गीका विरुद्ध चरणबद्ध विरोध कार्यक्रम गर्दै आइरहेको छ ।