युवा संङ्गठन बाँकेले भ्रष्टाचार विरुद्ध सङ्घर्ष गर्ने
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको सहायक संङ्गठन युवा संङ्गठन नेपाल, बाँकेले भ्रष्टचार बिरुद्ध संङ्घर्ष गर्ने बताएको छ ।
संङ्गठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभर भ्रष्टाचार विरुद्ध विभिन्न आयामका सङ्घर्षहरु सञ्चालन गर्ने बताएका हुन् ।
जिल्लाको दोस्रो पुर्ण बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्दैँ उनले लागू औषध दुर्व्यसनी विरुद्ध सरोकारवाला निकयहरूसँग अन्तरक्रिया गर्ने पनि जानकारी दिए ।
त्यस्तै नेपाल-भारत सिमा अनुगमन गर्ने, दुई महिने सङ्गठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने, प्राकृति पर्यावरणलाई जोगाउन प्रयोग गरिएका प्लास्टिक जन्य वस्तुलाई वैज्ञानिक व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छ्लफल तथा भेटघाट गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
साथै प्रत्येक स्थानीय निकायको स्वामित्वमा हुनेगरी बेरोजगारी समस्यालाई न्युनतम हल गर्ने गरी उद्योग सञ्चालन गर्न पहल र माग गर्ने पनि युवा संङ्गठनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति