डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष गुरूङ माओवादीमा प्रवेश
दुनै, उपल्लो डाेल्पा अन्तर्गत पर्ने डाेल्पाे बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीनवटा वडा अध्यक्ष केन्द्रमा प्रवेश गरेकाछन् ।
बुधवार एक कार्यक्रमका बिच माअाेबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,अर्थमन्त्री जनार्दन शर्मा,पुर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडीले जनप्रतिनिधि सहित दुई दर्जन धेरै युवालाइ पार्टीमा स्वागत गरेका थिए ।
माअाेबादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं १ का अध्यक्ष क्याल्पाे थापा भाेटे,वडा नं २ का अध्यक्ष छाेईक्याप भाेटे,वडा नं ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेकाछन् ।
जनप्रतिनिधि सँगै दुईदर्जन धेरै स्थानीय युवाहरु समेत माअाेबादी केन्द्रमा प्रवेश गरेकाे बताइएको छ ।
प्रचण्ड सहितकाे माअाेबादी केन्द्रका नेताहरु सेनाकाे एम.आई 17 हेलिकप्टरमा उपल्लो डाेल्पा पुगेका थिए ।
प्रवेश गरेका जनप्रतिनिधिहरुले ६ बुधेमाग पत्र समेत केन्द्रीय नेता समक्ष पेश गरेका थिए