यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

चिसोबाट बच्न यस्ता छन् सुझाव

काठमाडौं,  देशभर दिनहुँ चिसो बढिरहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको र आज समेत तीन दिनसम्म कतै वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

तर चिसोबाट बच्न आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरिएको छ । जसमा भनिएको छ : वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसो बाट बच्न सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।

महाशाखाले आज (बुधबार) बिाहन ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।
तीन दिन शुक्रबारसम्मको मौसम अनुमान यस्तो छ–

बुधबार
दिउँसो – प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
राति – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
बिहीबार
दिउँसो – देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
शुक्रबार
दिउँसो – देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।