सरकारले फेर्यो तीन प्रदेशका प्रमुख, कर्णालीमा तिलक परियार
प्रकासित मिति : २०७८ कार्तिक २३, मंगलवार २२:२२
प्रकासित समय : २२:२२
काठमाडौं, सरकारले प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
कर्णालीमा तिलक परियार, सुदूरपश्चिममा देवराज जोशी र प्रदेश–१ मा परशुराम खापुङलाई सिफारिस गरिएको हो । परियार यसअघि प्रदेश–२ को प्रदेश प्रमखु थिए ।
उनलाई तत्कालीन केपी ओली सरकारले हटाएको थियो । हाल प्रदेश–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।